२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तालिका सार्वजनिक, प्रधानमन्त्री सँग मात्र भेट हुने

962
shares

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सरकारले सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा मोदी काठमाडौं आउने कार्यक्रम छैन ।

आफ्नो पाँचाैं नेपाल भ्रमणका रुपमा मोदी आउँदो जेठ २ गते लुम्बिनी आउनेछन् र त्यतै बाट फर्किनेछन् । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारी सँग मोदीको भेट नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले भने लुम्बिनीमै पुगेर मोदी सँग भेटवार्ता गर्नेछन् । बुद्ध पूर्णिमाका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । उनले लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्तीको विशेष कार्यक्रममा सहभागिता जनाउनेछन् ।

नेपाल र भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा हुने प्रार्थनामा सहभागिता जनाउने कार्यक्रम छ । यस्तै दुवै प्रधानमन्त्रीले लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गर्ने तथा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा आयोजना हुने विशेष समारोहलाई सम्बाेधन गर्ने विज्ञप्तिमा उल्लेख छ । नेपाल र भारतका प्रधानमन्त्रीले आपसी सम्बन्ध विस्तारका विषयमा भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । यस्तै परराष्ट्रमन्त्रीले पनि मोदी सँग भेट्ने कार्यक्रम रहेको छ । मोदीको भ्रमणदलमा विदेश सचिव विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका केही अधिकारी रहनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन् । यसअघि पनि उनले लुम्बिनी आउन खोजेका थिए । तर, विभिन्न कारणले भ्रमण स्थगित भएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports