मतदानका लागि आज सार्वजनिक बिदा
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ०७:०५
shares

काठमाडौं ।स्थानीय तह निर्वाचनका लागि वैशाख ३० गते सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै मतदानका दिन सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
गत आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।





































