२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मौन अवधिमा २० सञ्चार माध्यमलाई कारबाही गर्यो प्रेस काउन्सिलले

819
shares

काठमाडौँ- प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेका मध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् ।

एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यम बाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।

प्रेस काउन्सिलले निर्वाचन आचारसंहिता लागू भएदेखि सञ्चार माध्यममा सम्प्रेषित सामग्री र पत्रकारका सामाजिक सञ्जालमा सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ। बिहीबार ४ जना पत्रकारलाई सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीका विषयमा ध्यानाकर्षण गराकोमा सबैले तत्काल आचारसंहिता विपरीत सम्प्रेषित सामग्री हटाएका छन् ।

काउन्सिलको अनुगमनका क्रममा ध्यानाकर्षण गराएको र सचेत गराएका विषय तत्काल भुलसुधार गर्ने सञ्चार माध्यम र पत्रकारलाई धन्यवाद भन्दै उपप्रशासकीय अधिकृत बोहराले जिम्मेवार सञ्चार माध्यम र पत्रकारको दायित्व आचारसंहिता पालना गर्ने नै रहेको बताए। उनले शुक्रबार निर्वाचनका समयमा रिपोर्टिङमा खटिने सञ्चार माध्यम र पत्रकारलाई निर्वाचन आचारसंहिताको विशेष ख्याल गरी समाचार सामग्री सम्प्रेषण गर्न/गराउन अनुरोध गरे।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports