मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिए
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ०८:२०
shares

काठमाडौँ। काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजार स्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।
मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले यतिबेला मतदातालाई प्रभावित गर्न नहुने बताउँदै सूर्यलाई नमस्कार गरेर मतदान गर्नुपर्ने बताए । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गरे ।





































