हुम्लाको चंखेली गाउँपालिकामा झडप, मतदान अधिकृत सहित २ जना घाइते
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १०:०५
shares

हुम्ला ।हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ ।
गठबन्धन र स्वतन्त्र पक्ष बीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृत सहित २ जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेका छन् ।
झडप पछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।



































