झापाका एक मतदान अधिकृत माथि कारबाही
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १५:२९
shares

झापा ।मतदातालाई वितरण गर्नुपर्ने परिचयपत्र आफ्नै साथमा राखेको भेटिएपछि झापामा एक जना मतदान अधिकृत कारबाहीमा परेका छन् । झापाको कमल गाउँपालिका–६ को पाणिनी माविका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले उनलाई हटाएर अर्कैलाई जिम्मेवारी दिएको छ । कर्णले ४० जना मतदाताको परिचयपत्र आफैंले राखेको भेटिएपछि कारवाही भएको हो ।
मतदातालाई बाड्नुपर्ने परिचयपत्र आफूले दिने भन्दै उनले आफ्नै साथमा लगेका थिए । यो थाह पाएपछि विभिन्न दलका प्रतिनिधीले उनीमाथि प्रश्न उठाएका थिए । त्यसलत्तै उनलाई फिर्ता बोलाइएको हो ।

































