काठमाडौं महानगरपालिकामा आधा मात्र मत खस्यो, किन ?
वि.सं.२०७९ वैशाख ३० शुक्रवार २०:४३
shares

काठमाडौं ।काठमाडौं महानगरपालिका सहित धेरै मतदाता भएका स्थानमा अपेक्षा अनुसार मतदान नभएको निर्वाचन आयोगले जनाएको छ ।
देशभरका ७५३ पालिकामा शुक्रबार एक साथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षा अनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
‘धेरै मतदाता भएका ठाउँमा विकसित कम मतदान हुने वित्तिकै थोरै मतदाता भएको धेरै मतदान भएपनि वेटेजमा कम अंक पाउने हुँदा घट्न जान्छ’ उनले भने, ‘काठमाडौं महानगरपालिकाको यस्तो शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा प्रष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै प्रारम्भिक अनुमान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा मतदान भएको तथ्यांक छ ।’






































