सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँ पालिका अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी
वि.सं.२०७९ जेठ १ आइतवार ०९:०६
shares

काठमाडौं ।सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको हो।अध्यक्षमा मिङ्मा छिरी शेर्पा २०२८ मत ल्याएर विजयी हुनुभएको छ।
उहाँका प्रतिष्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १६०९ मत ल्याउनुभयो ।उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा २०२३ मत सहित विजयी हुनुभएको छ । उहाँकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १५८२ मत पाउनुभयो। यो विजय सँगै एमालेले यसपालिको चुनावमा अहिले सम्म ७ पालिकामा जित हात पारेको छ।

































