बझाङको साईपाल गाउँपालिकामा एमाले बिजयी
वि.सं.२०७९ जेठ १ आइतवार ०९:५८
shares

बझाङ ।बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भए ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत सहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याइन् ।
यो पालिकामा वडानम्बर १ मा प्यानल सहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी भएका छन् । वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानल सहित विजयी भएका छन्।
यस्तै, वडा नम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानल सहित विजयी भएका छन् भने वडा नम्बर ५ एमालेका जयपाल बोहरा प्यानल सहित विजयी भएका छन्।

































