भारत बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आयो,फेरी मूल्य बढन सक्ने
वि.सं.२०७९ जेठ ३ मंगलवार १२:१०
shares

काठमाडौं ।भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालमा पठाएको पेट्रोलियम पदार्थको मूल्यमा पुन बढाएर पठाएको छ। प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाउँदा बढाएर पठाएको हो।
यस सँगै निगमले भारतीय निगम सँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ। यसअघि निगमले भारत बाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.०२ रुपैयाँमा थियो । डिजेलको खरिद मूल्य १८८.३३ पुगेको छ भने मट्टितेलको खरिद मूल्य १ सय ४० रूपैयाँ ३६ पैसा पुगेको छ। निगमले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूची अनुसार नयाँ खरिद लागत अनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको छ ।
दुई दिनअघि मात्रै निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको थियो।


































