विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले काठमाडौंका १० नगरपालिका मध्ये तीन जित्यो

754
shares

काठमाडौं ।काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये तीन वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ। जसमा कांग्रेसले तीनै नगरपालिकामा जित हात पारेको छ।दक्षिणकाली नगरपालिकामा कांग्रेस मोहन बस्नेत विजयी भएका छन्। उनी यसअघि पनि निर्वाचित भएका थिए।

कीर्तिपुर र तारकेश्वरमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। दुवै नगरपालिकामा एमालेले अघिल्लो पटक जित हात पारेकोमा कांग्रेसले नतिजा उल्टाएको हो। कीर्तिपुरमा राजकुमार नकर्मी र तारकेश्वरमा कृष्‍णहरि महर्जनले निर्वाचित भएका छन्। काठमाडौंका बाँकी सात नगरपालिका मध्ये पाँच नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ।

कांग्रेसले अग्रता लिइरहेको कागेश्वरी र टोखामा यसअघि एमाले विजयी भएको छ। गोकर्णेश्वर, चन्द्रागिरि र नागार्जुनमा अग्रता लिइरहेको कांग्रेसले यसअघि पनि मेयर जितेको थियो।एमालेले भने एक नगरपालिकामा अग्रता लिएको छ। एमालले यसअघि जितेको बुढानिलकण्ठ नगरपालिकामा अग्रता लिइरहेको हो। यसअघि जितेका दुई नगरपालिका गुमाइसकेको एमाले तीन नगरपालिकामा पनि पछि परेको छ।

काठमाडौंमा राप्रपाले एक नगरपालिकामा अग्रता लिइरहेको छ। कांग्रेस र समाजवादी बीच गठबन्धन भएको शंखरापुरमा राप्रपाले अग्रता लिइरहेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports