kumari
stcnepal

नेप्से ८ अंकले बढ्यो

काठमाडौं ।सेयर बजार परिसूचक नेप्से ८.९० अंकले बढेको छ । मंगलबार ८४ अंकले घटेको बजार बुधबार भने केही थामिएको हो । बुधबार कारोबारमा आएका १३ उपमूह मध्ये ८ उपसमूहमा हरियाली छाएको छ भने ५ उपसमूह राताम्मे रह्यो ।

नेप्सेका अनुसार बुधबार बजार परिसूचक ८.९० अंकले बढेर २२ सय ७४.४२ को बिन्दुमा पुगेको छ । बुधबार २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा काराबार रकम भने एक अर्ब ३२ करोड ६३ लाख छ । दोस्रो बजारमा खरिद बिक्री भएका मध्ये १२७ कम्पनीको सेयर मूल्य बढ्ये भने ५२ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

 

footer