प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन सदस्यीय कार्यदलले एन्फालाई फुटबल खेलाडी-प्रशिक्षक विवाद बारे बुझायो प्रतिवेदन

533
shares

काठमाडौं ।फुटबलका खेलाडी र प्रशिक्षक बीचको विवादलाई सुल्झाउने उपाय बारे सुझाव दिन गठन गरिएको तीन सदस्यीय कार्यदलले सुझाव प्रतिवेदन एन्फालाई हस्तान्तरण गरेको छ । कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरलाई २८ पन्ने लामो सुझाव प्रतिवेदन हस्तान्तरण गरेको हो । कार्यदलले यो प्रतिवेदनमा उल्लेख भएका कुराहरु एक हप्ताभित्र नै सार्वजनिक गर्न माग समेत गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १० खेलाडीलाई बन्द प्रशिक्षण छाड्न बाध्य बनाएपछि नेपाली फुटबलमा देखिएको घटनाक्रमले करिब दुई साता छुन लाग्दा एन्फाले बल्ल यस विषयमा छानबिन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदललाई एक साताको समय दिएर छानबिन गर्न लगाइएको थियो । छानबिनको सिलसिलामा १० खेलाडी, क्याम्पमा भएका मुख्य प्रशिक्षक, व्यवस्थापक, सहायक प्रशिक्षक तथा गोलरक्षक प्रशिक्षक सबैलाई एक-एक घण्टा लामो अन्तरर्वार्ता लिंदै छानबिन गरेको छानबिन कार्यदल संयोजक भिक्टर शमशेर राणाले जानकारी दिएका छन् ।

उनका अनुसार अहिले प्रशिक्षणमा रहेका खेलाडी तथा एन्फाका अध्यक्ष, महासचिव लगायतका सदस्य सँग पनि कुरा गर्दै यसको अध्ययन कार्य पूरा गरिएको थियो । प्रतिवेदन ग्रहण गर्दै एन्फा महासचिव तुलाधरले प्रतिवेदनबारे छिट्टै निर्णय लिने बताए । ‘यस विषयमा हामी छिट्टै निर्णय लिएर सात दिनभित्रको पनि सकभर छिटो, आजभोलिमा नै यसको अध्ययन गरेर रिपोर्टमा भएको कुरा जानकारी दिनेछौं ।’ यसको अन्तिम निर्णयको लागि कार्यसमिति बैठक बस्नुपर्ने भएमा बस्ने तथा सचिवालय बाट मात्रै गर्न सक्ने अवस्था भएमा त्यही अनुसार निर्णय लिने उनले बताएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports