मोरङको सुनबर्षी पालिका खोस्यो एमालेले, एमाले बिजयी
वि.सं.२०७९ जेठ ४ बुधवार १७:१९
shares

काठमाडौं । नेकपा एमालेले मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर जितेको छ। एमाले उम्मेदवार श्यामप्रसाद राजवंशी ८ हजार ३ सय ३९ मत प्राप्त गर्दै मेयर जितेका हुन्।
यहाँ कांग्रेसका यज्ञबहादुर कार्की पराजित भए। उनले छ हजार ९ सय ५२ मत पाए। उपमेयरमा पनि एमालेकी मीरादेवी दास केवरत निर्वाचित भइन्। उनले आठ हजार तीन सय ८३ मत ल्याएकी छन्।
उपमेयरमा कांग्रेसकी उम्मेदवार विमला देवी केवरतले ७ हजार ४ सय २७ मत ल्याएकी छिन्। सुनवर्सिमा ०७४ मा मेयर र उपमेयर नै कांग्रेसले जितेको थियो।





































