प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत सँग भएका व्यापार सन्धिहरु पुनरावलोकन हुनु पर्छ : डा.बाबुराम भट्टराई

1.03K
shares

काठमाडौं। जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत सँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले नेपालले भारत सँग सुघौली सन्धिपछि मुलुक परनिर्भतामा गएकाले विगतमा भारत सँग भएका व्यापार सन्धिहरु पुनरावलोकन हुनु पर्ने आवश्यकता देखिएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भारत र नेपाल बीचको असमान व्यापार सम्बन्ध तत्काल सच्याउनु पर्ने भएको बताए । उनले नेपालमा सुधौली सन्धि भन्दा पहिले नेपाल बाट भारतमा ५ गुणा बढी निर्यात गर्ने भए पनि त्यस पश्चात नेपालले उल्टो ५ गुणा बढी आयात गर्न लागेको बताए ।अहिले भारत बाट नेपालले निर्यात भन्दा १५ गुणा बढी आयात गर्न गरेको दाबी गरे । भट्टराईले भारत सँगको असमान व्यापार सम्बन्ध सच्याउनु सरकारले नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्ने बताए । सरकारले भारत सँग नयाँ सम्झौता गर्दा विशेष सुविधा मागेर सच्याउनु पर्ने भन्दै उनले असमान व्यापार सम्बन्ध नसचिए नेपाल सबै परनिर्भर भइरहनु पर्ने बताए । भौगोलिक हिसाबले चीन बाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उहाँले भारत बाटै सामान आयात निर्यात गर्नुपर्ने बताए ।

अर्थनीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राखेर राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्री भट्टराईले निजी सम्पत्तिको अभिलेखीकरणका लागि सरकारले सम्पत्तिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले व्यक्तिगत सम्पत्तिमा एकपटक कर मिनाहा गर्नेगरी सम्पत्तिको स्वघोषणा कार्यक्रम सरकार सँग माग गरे । भूमिमा निजी स्वामित्वको अन्त्य गर्नुपर्ने भट्टराईले बताए । भोगाधिकार व्यक्ति रहे पनि भूमि माथि राज्य वा समुदायको स्वामित्व स्थापना गर्नुपर्ने भट्टराईले जोड दिए । उनले भने, ‘भारत सँगको सुधौली सन्धि देखि यता बाह्यपर निर्भताकै पाटो हो । अङग्रजहरुको पालामा भारतमा आद्योगिक वस्तु बनेर नेपाल आउन थाले त्यो बेला देखि नेपालको अर्थतन्त्र विदेश बाट आयात गर्न परनिर्भर अर्थतन्त्रमा रुपान्तरण भयों ।’

पूर्वप्रधानमन्त्री भट्टराईले गतिहीनता र वैदेशिक परनिर्भरता नै नेपाली अर्थतन्त्र पछाडि पर्नुको मुख्य कारण रहेको बताए । उनले आगामी वर्षको बजेटमा सरकारले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा बल पुग्नेगरी बजेट ल्याउनु पर्ने बताए । भट्टराईले नेपाल अझै गरिविको रेखामुनि रहेको बताए । उनले पछिल्लो समय नेपालको अर्थतन्त्रलाई श्रींलक सँग तुलना गर्न नमिल्ने बताए । श्रींलका विगत कुनै समय दक्षिण एसियाकै सबै भन्दा राम्रो अर्थतन्त्र भएको मुलुकमा पर्ने बताए । हाम्रो अर्थतन्त्र पुँजीवादमा नै निर्माण गर्न नसकेको अवस्थामा समाजवादमा तत्काल पुग्न नकिने भट्टराईको भनाइ छ । त्यस्तै, पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले अब स्थानीय तहमा ७० प्रतिशत बजेट पठाउनु पर्ने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports