प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पल शाहको मुद्दाको सुनुवाइ स्थगित

767
shares

पोखरा ।अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।

‘शाहकै वकिल देवेन्द्रनाथ खनालले सुनुवाइ हटाउनु भएको रहेछ, अर्को हप्ता फेरि सुनुवाइ हुनेछ’ उनले भने । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो । नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालत बाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेश विरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेश विरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports