प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल सरकारको गणतन्त्र दिवस ३ दिन सम्म मनाउने निर्णय

624
shares

काठमाडौं । नेपाल सरकारले गणतन्त्र दिवस ३ दिन सम्म मनाउने निर्णय गरेको छ । आज बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।

सो बैठकले जेठ १४ गते बेलुकी सङ्घ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवम् ब्यानर सजाएर दीपावली गर्ने र नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । साथै, जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना तथा हेलिकप्टर बाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने निर्णय भएको छ ।

सोहि दिन बेलुका नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवम् सार्वजनिक स्थलमा दीपावली गर्ने भएका छन् । त्यस्तै, जेठ १६ मा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायले आ–आफ्नो घर, कार्यालय एवम् सार्वजनिक स्थलमा बेलुकी दीपावली गर्ने भएका छन् ।

विदेशमा रहेको नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्ज्वलन गर्ने निर्णय पनि समितिले गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवम् सांस्कृतिक विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशमा रहेकेा नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय भएको छ । उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र पालिकामा सरकारी कार्यालय/निकाय एवम् प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहराएर जेठ १४, १५ र १६ मा बेलुकी दीपावली गरिने भएको छ ।

तत्कालीन संविधान सभाले २०६५ जेठ १५ गते नेपाल बाट राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ मा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports