प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से २३.५१ अंकले घट्यो

624
shares

काठमाडौं ।बुधबार झिनो अंकले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार पुनः ओरालो लागेको छ । २३.५१ अंकले घटेर परिसूचक २ हजार २५०.९१ अंकमा झरेको बजारमा म्युचल फण्ड उपसमूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे बनेका छन् ।

बिहीबारको दोस्रो बजारमा २१९ कम्पनीका ३७ लाख ९८ हजार २६३ कित्त्ता सेयर २३ हजार ५६९ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ३० करोडमा सीमित भयो । जुन बिहीबारको भन्दा २ करोडले कम हो । कुल कारोबार भएका २१९ मध्ये बिहीबार १६९ कम्पनीको सेयर मूल्य घटे भने १९ वटा मात्रै कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बिहीबार जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.४५ प्रतिशतले सबैभन्दा धेरैले बढ्यो भने मैलुङखोला जलविद्युत्, एनएमवी हाइब्रिड फण्डको सेयर मूल्य २ प्रतिशतले बढे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports