kumari
stcnepal

नेप्से २३.५१ अंकले घट्यो

काठमाडौं ।बुधबार झिनो अंकले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार पुनः ओरालो लागेको छ । २३.५१ अंकले घटेर परिसूचक २ हजार २५०.९१ अंकमा झरेको बजारमा म्युचल फण्ड उपसमूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे बनेका छन् ।

बिहीबारको दोस्रो बजारमा २१९ कम्पनीका ३७ लाख ९८ हजार २६३ कित्त्ता सेयर २३ हजार ५६९ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ३० करोडमा सीमित भयो । जुन बिहीबारको भन्दा २ करोडले कम हो । कुल कारोबार भएका २१९ मध्ये बिहीबार १६९ कम्पनीको सेयर मूल्य घटे भने १९ वटा मात्रै कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बिहीबार जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.४५ प्रतिशतले सबैभन्दा धेरैले बढ्यो भने मैलुङखोला जलविद्युत्, एनएमवी हाइब्रिड फण्डको सेयर मूल्य २ प्रतिशतले बढे ।

 

 

footer