kumari
stcnepal

आज थप १२ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८० जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४७ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट ९ जना निको भएका छन् भने हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २४७ पुगेको छ ।

यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ९३८ जना संक्रमणमुक्त भएका छन् ।

 

 

footer