प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वतन्त्र उम्मेदवारी बालेनको ४३ हजार ८५० मत सहित फराकिलो अग्रता

624
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मत सहित अग्रता फराकिलो बनाएका छन् ।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् ।

तर सिर्जनालाई बालेनले १७ हजार ९०६ मत अन्तरले पछि पारेका छन् । केशवभन्दा बालेन १८ हजार ७९१ मत अन्तरले अगाडि छन् । काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports