kumari
stcnepal

गौतमबुद्ध विमानस्थलमा जजिराको विमान चरासँग ठोकियो, जहाज होल्डमा

भैरहवा ।जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरा सँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेत बाट आएको विमान विमानस्थल परिसरमा चरा सँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ ।

१२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरा सँग ठोकिएको थियो । गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाईलटहरुले अवतरणको क्रममा चरा सँग ठोकिएको आशंका गरेका छन । तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।’

एयरलाइन्सका ईन्जिनियरले विमान चेक जाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठ देखि गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

 

footer