विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको विभिन्न कार्यक्रममा सहभागी हुन ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत

533
shares

काठमाडौं । सरकारले विभिन्न कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकमा जाने सरकारी प्रतिनिधिमण्डलको भ्रमण तालिका स्वीकृत गरेको छ । ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत भएको छ भने एउटा भर्चुअल बैठकको लागि टोली गठन गर्ने निर्णय भएको छ ।

सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार १० जेठमा बसेको मन्त्रिपरिषद बैठकले संयुक्त राज्य अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरसिप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गरेको छ । सरकारले संयुक्त राज्य अमेरिकाको हवाई स्थित मनोलोलुमा १८ देखि २० जेठ २०७९ सम्म आयोजना हुने कन्प्रिएन्सिभ सेक्युरिटी कोर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई पनि सहभागी हुन स्वीकृत प्रदान गरेको छ ।

१८ देखि २५ जेठ २०७९ सम्म भारतमा आयोजना हुने हाईलेभल ‘नेपाल स्टडी मिसन टू इन्डिया अन राइट टू फूड एण्ड फूड सर्भिरेन्टी एक्ट’ कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय पनि भएको छ । आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एण्ड नलेज सेयरिङ अन यूरोपियन कोअपरेटिभ सिस्टम एण्ड गुडप्राक्टिसेस अन एगि्रकल्चर फ्रुट एण्ड भिजिटेबल कोअपरेटिभ्स मार्केट डेभलपमेण्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने निर्णय पनि भएको छ ।

रुवाण्डाको किगालीमा २३ गते देखि असार २ २०७९ गते सम्म आयोजना हुने वर्ल्ड टेलिकम्युनिकेशन डेभलपमेण्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई स्वीकृत दिने निर्णय पनि गरिएको छ । ११ जेठ २०७९मा आयोजना हुने नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यम बाट हुने १४ औं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports