विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाङको तुलसीपुर उपमहानगरपालिमा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी

1.2K
shares

दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिमा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमाले बाट नगरप्रमुखका उम्मेवदवार टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् ।

एमालेका खड्काले नेपाली कांग्रेस गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरे । गठबन्धनबाट उम्मेदवार बनेका गिरी अघिल्लो चुनावमा पनि एमालेका घनश्याम पाण्डे सँग पराजित भएका थिए । गिरी पूर्व सांसद समेत हुन् ।

यस्तै उपप्रमुखमा चौधरीले गठबन्धन बाट एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।

रानाले मतपरिणाम आउनु आगवै हार्ने निश्चित भएपछि नेकपा एकीकृत समाजवादीको जिल्ला इन्चार्जबाट राजीनामा दिएका थिए । तुलसीपुरमा १९ वटा वडामध्ये १० वटा एमाले, ५ वटा कांग्रेस, ३ वटा माओवादी र स्वतन्त्र बाट एकजनाले जितेका छन् । तुलसीपुरमा ७३ हजार मत खेसेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports