kumari
stcnepal

भोली देखी हिमालयन र इन्भेष्टमेण्ट बैकको शेयर कारोबार हुने

काठमाडौं ।मर्जर प्रक्रियाका कारण दोस्रो बजारमा शेयर कारोबार रोक्का भएका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार भोलि बिहीबार देखि शुरु हुने भएको छ । झण्डै एक बर्षभन्दा बढी समयदेखि दुवै बैंकको शेयर कारोबार रोक्का रहेको छ । तर बिहीबार देखि भने शेयर कारोबार फुकुवा हुने भएको हो ।

राष्ट्र बैंकले आधारभुत शेयरधनी बाहेकको शेयर कारोबार खुला गर्ने निर्णय बोर्डले गरेको जनाएको छ । तर बैंकका आधारभुत सेयर (संस्थापक सहित) को शेयर कारोबार भने रोक्का नै रहने जनाएको छ । यसअघि डि–मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले अर्को बैंक तथा वित्तीय संस्थालाई मर्ज तथा एक्विजिशन नगर्दा सम्म शेयर कारोबार रोक्का गर्ने गरेको थियो ।


एनआइबिएललाई जेठ ९ गते शेयर कारोबार खुल्ला गर्नको लागि पत्र पठाएको थियो भने हिमालयन बैंकलाई भने तोकिएको स्प्रेडदर कायम नगरेको कारण शेयर कारोबार रोक्का नै गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कारोबार खुला गर्न स्वीकृति दिएसँगै जेठ १२ गते बिहिबार देखि शेयर कारोबार खुल्ला गरिने छ सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकले २०७८ वैशाख ३० गते मर्जरको सम्झौता गरेका थिए । सम्झौता गरेसँगै वैशाख ३१ गतेदेखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा यी दुवै बैंकको शेयर कारोबार रोक्का भएको थियो ।

 

footer