प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए ८ जना कोरोनाका संक्रमित

507
shares

काठमाडौं ।नेपालमा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९६९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा आठ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ११९ नमुनाको पीसीआर परीक्षण गर्दा पाँच र ८५० नमुनाको एन्टिजेन विधि बाट परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर १५ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ५२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports