प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेलाई ३४ प्रतिशत जनमत, काँग्रेसलाई २९ र माओबादीलाई ११ प्रतिशत : रिमाल

468
shares

काठमाडौं ।नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ३४ प्रतिशत मत सहित नेकपा एमाले स्थानीय तह निर्वाचनमा बहुमत र लोकप्रिय मत प्राप्त गरेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा काँग्रेसले बढी मात्रामा सिट हासिल गरे पनि पालिका प्रमुखहरूले प्राप्त गरेका मत विश्लेषणका आधारमा एमाले पहिलो दल भएको दाबी उनको छ ।

रिमालका अनुसार एमाले बाट विजयी तथा पराजित मेयर/अध्यक्षहरूले कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मत मध्ये ३४ प्रतिशत अर्थात ३८ लाख नौ हजार ६ सय ९८ मत प्राप्त गरेर पहिलो दल बनेको हो ।

‘पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले प्राप्त गरेको मतलाई सोझो हिसाब गर्ने हो भने मेयर/अध्यक्षहरूको कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतको ३४ प्रतिशत अर्थात ३८ लाख नौ हजार ६ सय ९८ मत एमालेको छ ।’ रिजालले भनेका छन्, ‘जस अनुसार काँग्रेसले ३३.३ प्रतिशत मत मात्रै प्राप्त गरेको छ ।’ गठबन्धन गरेर होमिएको काँग्रेसका मेयर र अध्यक्षहरूको प्राप्त गरेका मतका आधारमा ३३.३ प्रतिशत मत मात्रै प्राप्त गरेको रिमालको भनाइ छ ।

निर्वाचन आयोगको तथ्याङ्क उल्लेख गर्दै रिमालले सात सय ५३ मध्ये तीन सय ११ स्थानीय तहमा माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होमिएको तथा तीन सय सात स्थानमा काँग्रेसले दुई वा तीन दलीय गठबन्धन गरेका कारणले मात्रै ३३.३ प्रतिशत मत प्राप्त गर्न सफल भएको हो ।

नेकपा एमाले बाट चोइटिएको नेकपा एसको जम्मा चार प्रतिशत मत रहेको रिमालले उल्लेख गरेका छन् । ‘नेकपा एसको चार प्रतिशत पनि सबै उसको होइन, काँग्रेस र माओवादी गठबन्धन बाट पाएको हो,’ रिमालले विश्लेषण गरेका छन् । नेकपा ‘एस’को एक तिहाइ अर्थात् १.३३ प्रतिशत कटाउँदा काँग्रेसको ३२ प्रतिशत मात्र रहनेछ भने अझ माओवादी केन्द्र बाट पाएको लाभको अनुमानित तीन प्रतिशत कटाउँदा काँग्रेसले २९ प्रतिशत मात्रै पाएको रिमालको तर्क छ ।

चुनाव चिह्न रुख बाट निर्वाचित जनप्रतिनिधिको सङ्ख्या एमालेको भन्दा बढी काँग्रेसको स्विकार्दै रिमालले भनेका छन् । बढीलाई एमालेले घटी भनिरहेको छैन, एमालेले मात्र एउटा प्रश्न गरिरहेको छ– काँग्रेसको खातामा आएको त्यो ‘पुँजी’ उसको आफ्नै हो वा त्यसमा अरूको अंश पनि छ ? यदि काँग्रेस आफूलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफूले ‘सहयोगी’बाट लिएको ‘सापटी’ कति हो छुट्याउन परेन ? साँवा, सापटी, ब्याज सबै एक्लै काँग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र ?

‘यदि गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धन भित्रका दलहरू बीच के कसरी अंशबण्डा भएको छ ? त्यो ती दलहरूको आन्तरिक विषय हो ।’ रिमालको तर्क छ, ‘यो कोण बाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports