स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्याउने नीतिको शीघ्र समाधान खोज्न नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको सरकारसँग माग
वि.सं.२०७९ जेठ २२ आइतवार १६:५२
shares

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ ।आइतबार संघले पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको बजेटले विरोधाभाषपूर्ण नीति अवलम्बन गरेको भन्दै स्वदेशी उद्योगलाई थप संकट तर्फ धकेल्ने बताएको छ । स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्याउने नीतिको शीघ्र समाधान खोज्न पनि सरकार सँग संघले माग गरेको छ ।
समग्रमा वनस्पति तेल उद्योगह समस्याग्रस्त अवस्थामा रहेको भन्दै संघले यसको शीघ्र समाधान नगरेको खण्डमा उद्योगहरु बन्द नै हुन जाने र यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष रुपले गम्भीर असर पार्ने तर्फ सचेत गराएको छ ।
उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागि खाने तेलको महसुल दर कम गर्नुको सट्टा उद्योगलाई कम महसुल दरमा पाम र पामोलिदन तेलको आयात गर्न दिने नीतिले व्याकवार्ड इन्टिग्रेसनमा आधारित स्वदेशी उद्योगलाई मर्का पर्न गएको संघको भनाइ छ ।
‘उपभोक्ताहरुलाई चरम महँगी बाट राहत दिन, तैयारी सामान भन्दा कच्चा पदार्थको कम्तीमा एक तह कमको भन्सार महसुल हुने नीति अवलम्बन गर्न, भारत बाट अनाधिकृत रुपमा आयात भइरहेको खाने तेल रोक्नका लागि समेत कच्चा खाने तेलको आयात भन्सार महसुल शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट् दिनुपर्छ’ संघले पत्रकार सम्मेलन मार्फत भनेको छ ।






































