प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया हो, नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको इज्जत जोगिने गरी काम गर्न अध्यक्ष नेपालको निर्देशन

611
shares

काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ। ‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले पार्टी कार्यालयमा पत्रकारहरु सँग प्रतिक्रिया दिँदै भने, ‘सुरू देखि नै ६ महिनाका लागि भनिएको हो। यो नियमित प्रतिक्रिया हो।’

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ। त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस भएका छन् ।

मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि आलोकनगर स्थित पार्टी कार्यालयमा नेता नेपालले मन्त्री सिफारिस भएका नेता सँग छलफल गरेका थिए । साथै अध्यक्ष माधवकुमार नेपालले पार्टी बाट नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको इज्जत जोगिने गरी काम गर्न निर्देशन दिएका छन् ।

सहरी विकास मन्त्रीमा सिफारिस भएका मेटमणि चौधरीले पार्टीलाई स्थापित गर्ने गरी अध्यक्षले निर्देशन दिएको बताए । ‘राम्रोसँग काम गर्नुहोला, पार्टीको इज्जत जोगाउनु होला र पार्टीलाई स्थापित गराउनुहोला,’ नेपालको भनाइ उद्धृत गर्दै चौधरीले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports