बन्चरे डाँडामा माओवादीको जस्तै आतंक
वि.सं.२०७९ जेठ २६ बिहीवार १२:५८
shares

काठमाडौं । जनयुद्धकालमा कमजोरलाई थुन्ने, बाँध्ने, काट्ने, कुट्ने, लुट्ने अनेक कुकर्म भए । ती सबै कुकर्म रोकियोस् भनेर जनताले परिवर्तनमा साथ दिए । राजतन्त्र र हिन्दुराष्ट्र फाल्दा समेत मौन बसे । हरेक चुनावमा मतदान गरिरहेका छन् ।
त्यतिबेलाका आतंककारी लोकतन्त्रवादीको मुखुण्डो लगाएर सत्तामा छन्, संसदमा छन्, संसदको माध्यमबाट सर्वहारावाद ल्याउँछौं भन्ने आकर्षक नारा लगाउँदै देश र जनतालाई लुटिरहेका छन् ।
त्यही सत्ताले राजधानीको फोहर बन्चरे डाँडामा फाल्न लैजादा स्थानीयले रोक लगाएपछि प्रहरी परिचालन गरेको छ । हवाई फायर, टियरग्यासले हानेको छ । यतिसम्म कि जसले फोहर फाल्न दिन्न भनेर विरोध गर्छन्, तिनलाई घरघरभित्रै पसेर थुत्दै कुट्दै भ्यानमा हालेर थुनछेक गर्ने काम भइरहेको छ ।
राजधानीमा स्वतन्त्र मेयरले जिते पछि स्वतन्त्रलाई फेल बनाउने षडयन्त्र सत्ताधारी ५ दलीय गठबन्धनले गरिरहेका छन् । माओवादी आतंक रोकियो भन्ठान्ने आम नागरिकका लागि फोहरको राजनीतिले माओवादी आतंकलाई सम्झाइदिएको छ । यतिसम्मको जंगलराजलाई ५ दलीय गठबन्धन लोकतन्त्र भन्छन् । लाजको मर्नु ? भन्छन् आम नागरिक ।



































