प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थारु र मधेसीलाई हेर्ने वित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ? : हृदयेश त्रिपाठी

533
shares

काठमाडौं ।जनता प्रगतिशील पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले बर्दियामा बाघ बाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै त्रिपाठीले थारु र मधेसी माथि प्रहरीले ज्यादती गरेको आरोप लगाए । उनले भने, ‘बर्दियामा बाघ बाट बचाउन आग्रह गर्दा पुलिस रुपी राक्षस बाट बर्दियामा मृत्यु भयो । थारु र मधेसीलाई हेर्ने वित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?’ उनले लाल आयोगको प्रतिवेदनमा यथार्थमा पुलिसले गरेको ज्यादतीको  सरकारले त्यसलाई सार्वजनिक नगरेको जिकीर समेत गरे ।

भ्रष्टाचारको काममा घुमुवा प्रहरीले विचौलिया र दलालको काम गरेको भन्दै उनले घुमुवा भनेर गाउँगाउँमा पठाउने काम बन्द गर्न नेपाली प्रहरीको नेतृत्वलाई सुझाव दिए । उनले आईटी क्षेत्रमा हुने घोटालाको एउटा उदाहरण इम्बोस्ड नम्बर प्लेट भएको र हज कमिटीको नाममा पार्टीका केही कार्यकर्ता पालिने गरेको भन्दै आलोचना समेत गरे ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports