प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले १२ देखि १७ वर्ष सम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने

585
shares

काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो ।

१२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज भोलि (शुक्रबार) बाट सञ्चालन गरिने बताए ।

‘१२ देखि १७ बर्ष सम्मका बुस्टर डोज मोडना तथा फाइजर जुन लगाएपनि हुन्छ,’ दाहालले  भने,’ पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यलयमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । महाशाखाका अनुसार बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्नेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports