प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन विश्वविद्यालय १३९ दिन तालाबन्दी हुँदा पनि सरकार मुकदर्शक बनेको नेता भीम रावलको आरोप

533
shares

काठमाडौं ।नेकपा एमालेका नेता भीम रावलले त्रिभुवन विश्वविद्यालय १३९ दिन तालाबन्दी हुँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले गृहमन्त्री र शिक्षामन्त्रीलाई त्रिविमा ताला लागेको जानकारी छ भनी प्रश्न गरे ।

‘१३९ दिन भयो त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईलाई जानकारी छ’ उनले भने, ‘के उत्कृष्ट हुन लागेको हो ?’ सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको छ । तर नेपाली कांग्रेसको विद्यार्थी संगठनले विभिन्न माग राख्दै उपकुलपति सहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

सांसद रावलले त्यहाँ ताला लगाउँदा प्रहरी उपस्थित भएको प्रत्यक्षदर्शीको बताएको भन्दै प्रश्न गरे, ‘यो भन्दा विडम्बना, यो भन्दा गैरजिम्मेवार, यो भन्दा शिक्षा प्रतिको नेपाल सरकारको खेलवाड के हुन सक्छ ?’ उनले अघि भने, ‘के यो विश्वमा १३९ दिन विश्वविद्यालय बन्द हुँदा गृह मन्त्रालय र शिक्षा मन्त्रालय मुकदर्शक हुने संसारमा कहिँ हुन्छ ?’

नेपाली कांग्रेसका कार्यकर्ता हुँ भन्नेले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको र कांग्रेस बाटै बनेका प्रधानमन्त्री र गृहमन्त्रीले रमिता हेरेको रावलले बताए । ‘यहाँ आएर हामी त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट बनाउँछौं, क्या ब्यंग्य ! आफूले आफैंलाई ब्यंग्य नहान्नुस् न !’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports