सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टीका सांसद रामबाबु यादव बीच चर्काचर्की
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:१४
shares

काठमाडौं ।स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टीका सांसद रामबाबु यादव बीच चर्काचर्की भएको छ । यादव, जसपाका निलम्बित सांसद हरिनारायण रौनियार सहित पार्टी बाट मन्त्री बनेका श्रेष्ठलाई भेट्न मन्त्रालय पुगेका थिए ।
कुराकानीका क्रममा सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरू बजेटमा नपरेको भन्दै टेबल ठोक्नुका साथै पानीको बोतल बजारेका छन् । सांसद यादव भन्छन्, ‘मेरो कुरा नसुनी उहाँ मात्र बोलेपछि मैले आफ्नो अगाडि भएको टेबल ठोकठाक गरेको हुँ । पानीको बोतल बजारेको हुँ ।’ तर आफू मन्त्रीको टेबलमा समेत नगएको उनले दाबी गरे ।





































