नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कपिलवस्तु जिससमा पछारियो सत्ता गठबन्धन

507
shares

रुपन्देही । स्थानीय निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा गएका सत्तारुढ ५ दलको कपिलवस्तुमा जिल्ला समन्वय समिति बनाउन स्पष्ट बहुमत थियो । तर नेकपा एमाले नेतृत्वको लोसपा र राप्रपाले बनाएको गठबन्धनले उनीहरुको रणनीतिमा खेलेर त्यो गठबन्धन भत्काएर मत आफ्नो पक्षमा पारेका छन् । एमाले नेतृत्वको गठबन्धनले प्रमुख तथा उपप्रमुख हात पारेपछि कांग्रेस, माओवादी र जसपाबीच आरोप प्रत्यारोप चलेको छ कसले सहयोग गर्यो एमाले नेतृत्वको गठबन्धनलाई भनेर । सामाजिक सन्जालमा तीन दल बीच घातअन्तरघातका विषय छताछुल्ल देखिएका छन् ।

१० पालिका रहेको जिल्लामा जिससका लागि २० मत रहेकोमा कांग्रेस, माओवादी, जसपाको गठबन्धनमा ११ रहेको थियो भने एमाले, लोसपा र राप्रपाको गठबन्धनमा ९ मत रहेको थियो ।शुक्रबार भएको मतदानमा एमाले नेतृत्वको गठबन्धनका उम्मेदार बनेका लोपपाका रमेश कुर्मीले ११ मत पाएर विजयी भए भने प्रमुख पदमा एमालेका बाबुराम आचार्य र कांग्रेसका ज्ञानबहादुर कार्कीले १० बराबर मत ल्याएका थिए । पछि गोला थुतेर टुंगो लगाउँदा पनि प्रमुखमा एमालेका आचार्यलाई त्यो मौका आयो र उनी विजयी भए । ‘निर्वाचित जनप्रतिनिधिले नै यस्तो घात गरेपछि अबको निर्वाचनमा कसरी गठबन्धन हुन्छ भनेर विश्वास गर्न सकिन्छ’ कपिलवस्तुका जसपाका कार्यकर्ता दीपक खनालले भने ।

जसपा केन्द्रीय सदस्य नारायण खनालले जिससको यो निर्वाचनले गठबन्धन दलमै विश्वसनीय गुमेको र यसको गम्भीर समीक्षा हुने बताए । सत्तारुढ गठबन्धन बाट प्रमुखमा कांग्रेसका ज्ञानबहादुर कार्की र जसपाका वीरेन्द्र प्रताप गडेरियाले उपप्रमुखमा उम्मेदवारी दिएका थिए ।बराबर मत आएका समितिका ७ जना सदस्य पनि गोला तानेर निर्वाचित गरिएको छ । जसअनुसार नेपाली कांग्रेसका सुनिता चमार, मनोहर धुनिया, माओवादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी र जसपाका रामु अहिर सदस्यमा निर्वाचित भए भने एमालेकी सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपाकी सन्ध्या पौडेल खां पनि सदस्यमा निर्वाचित हुनुभएको हो । सदस्यहरुमा पनि सबैको १०÷१० मत आएपछि गोलाप्रथा बाट निर्वाचित गरिएको हो ।

एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद विमला घिमिरेले जिससमा स्पष्ट बहुमत भएको सत्ता गठबन्धलाई हराएपछि अब संघीय र प्रदेश चुनावमा पनि यसैगरी हराउनेगरी योजना बनाउने दावी गरिन् । एमालेका केन्द्रय नेता गिरिधारीलाल न्यौपाने, वलराम अधिकारी र सांसद बृजेश कुमार गुप्ताले यो जितलाई शक्ति संग्रहका रुपमा लिएर आगामी चुनावमा समेत एमाले लोसपा र राप्रपा गठबन्धन बनाउने बताए । यस्तै लोसपाका केन्द्रिय नेता सन्तराम अग्रहरी र राप्रपाका जिल्ला अध्यक्ष नारायणवहादुर सिंहले कपिलवस्तु एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले इमान्दारिताको राजनीतिमा अंक गणित पनि बदलिने उदाहरण जिल्ला बाट दिन सकिएको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports