नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिन्धुपाल्चोकमा एमाले र माओबादीले गरे बाम एकताको लागि आव्हान

702
shares

सिन्धुपाल्चोक। आगामी प्रदेश र संघको चुनावमा पनि वाम गठबन्धन नहुने कुरा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले बताइरहेका बेला सिन्धुपाल्चोकमा भने दुवै दलका नेताहरु बीच आउँने चुनावमा तालमेल गरेर जाने अनौपचारिक सहमति भएको छ । जिल्ला समन्वय समितिको भोलि आइतवार हुने चुनावमा गठबन्धन गरेका एमाले र माओवादीका नेताहरु बीच यो गठबन्धनलाई प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सम्म लैजाने समझदारी भएको दुवै दलका जिल्ला नेताहरुले बताएका छन् ।

जिसस निर्वाचनमा कांगे्रेसले नेकपा एकीकृत समाजवादी सँग तालमेल गरेको छ । माओवादीको समर्थनमा साँगाचोकगढी चौतारा नगरपालिकाको उपमेयर जितेको नेकपा एसले धोका दिएपछि माओवादीले एमाले सँगको सम्बन्ध सुधार गरेको हो । साँगाचोकगढीमा माओवादी एक्लैले जित्ने अवस्था हुँदा हुँदै पनि नेकपा एसलाई उपमेयर दिएकोमा अहिले आएर कांग्रेसलाई जिससमा जिताउँन भूमिका खेलेपछि माओवादी आक्रोशित छ । कांग्रेसलाई समन्वय समिति बनाउँन चाहिने १ मत नेकपा एसले दिएपछि कांग्रेसले उसलाई उपप्रमुख दिएको छ ।

यस बीचमा एमाले सिन्धुपाल्चोक इन्चार्ज तथा स्थायी कमिटी सदस्य शेरवहादुर तामाङ,नेताहरु अरुण नेपाल,सरेश नेपाल,कमल नेपाल तथा माओवादीका जिल्ला इन्चार्ज माधव सापकोटा,जिल्ला अध्यक्ष गोविन्द पराजुली लगायतका नेताहरु बीच छलफल भएर जिससमा जित्ने अवस्था नभए पनि भावी गठबन्धनको सन्देश दिएका छन् ।

दुवै दलका जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वामपन्थीहरको मतको रक्षा र दीर्घकालीन महत्वलाई ध्यानमा दिँदै मुलुकमा वामपन्थीहरुको एकताको माग बढ्दै गइरहेको सन्दर्भमा जिससमा गठबन्धन गरेको जनाएका छन् । दुई दलका शीर्ष तहमा एकले अर्कोलाई निषेध गरेको बेला जिल्ला अध्यक्षहरुले आधिकारिक रुपमा वक्तव्य जारी गरेर वाम गठबन्धनको माग गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । स्रोतका अनुसार दुवै दलका जिल्ला नेतृत्वका शीर्ष नेताहरु बीच सहमति भएरै आगामी चुनाव सम्मको गठबन्धनका लागि यो वक्तव्य जारी गरिएको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports