विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकामा पछिल्लो ४० वर्ष यताकै उच्च महँगी

572
shares

काठमाडौं । अमेरिकामा पछिल्लो ४० वर्ष यताकै उच्च महँगी बढेको छ । अमेरिकाले खाद्यान्न र ऊर्जामा पछिल्लो ४० वर्षयताकै महँगीको सामना गर्नुपरेको हो । बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् १९८१ यताकै उच्च महँगीको मारमा अमेरिका परेको छ ।

अमेरिकाको श्रमिक विभागका अनुसार यो वर्ष महँगी दर ८.६ प्रतिशतका दरले बढेको छ । जुन, अघिल्लो महिनाको प्रक्षेपण भन्दा बढी हो । महँगी बढे सँगै अमेरिकाका मध्यम र निम्न वर्गीय सर्वसाधारण समस्यामा परेका छन् । यस्तै, नीति निर्माता समेत महँगी बाट प्रभावित बनिरहेका छन् ।

सन् २०२१ मेको तुलनामा अमेरिकामा खाद्यान्नको मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ऊर्जाको मूल्य ३४ प्रतिशत सम्म उकालो लागेको बताइएको छ । अहिले अमेरिकामा खाद्यान्न र ऊर्जाको भाउ मात्रै बढेको छैन । बरु, एयरलाइन्सको टिकटको मूल्य, औषधी र लत्ताकपडाको मूल्य समेत आकासिएको छ ।

अमेरिकामा सन् १९८१ यता अहिलेको तुलनामा महँगी बढेको थिएन । बैंक रेटका प्रमुख जर्ज एमसीब्राइड महँगी अपेक्षा भन्दा माथि पुगेको र यो सकारात्मक बाटोमा नरहेको बताउँछन् । यस्तै, महँगी ८.६ प्रतिशत पुगेर रोकिने छाँटमा छैन ।एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports