पूर्व डिआइजी खरेलले काठमाडौं निर्वाचन क्षेत्र १ बाट संसदीय निर्वाचन लडने
वि.सं.२०७९ जेठ २९ आइतवार १५:२९
shares

काठमाडौं ।नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका पूर्वडीआईजी खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि उनको पर्सा वा काठमाडौं बाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सार्वजनिक भएका थिए । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्र बाट विजयी भएका थिए । यसअघि सामाजिक अभियान्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेको छ ।


































