एकल बहुमत पुग्ने भए पनि कांग्रेसले माओवादी र समाजवादीलाई पनि दियो मुगु जिससमा स्थान
वि.सं.२०७९ जेठ २९ आइतवार १५:४७
shares

मुगु । जिल्ला समन्वय समितिमा एकल बहुमत पुग्ने भए पनि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई पनि समावेश गरेको छ । कांग्रेसले प्रमुख, उपप्रमुख र ५ सदस्य लिएको छ । यस्तै माओवादी र एकीकृत समाजवादीले एक-एक सदस्य पाएका छन् ।
४ स्थानीय तह रहेको मुगुमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुख सहित ५ जितेर जिससमा एकल बहुमत बनाएको भए पनि तीन दलीय गठबन्धनलाई कायम राख्न माओवादी र एकीकृत समाजवदीलाई एक-एक सदस्य दिएको कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाहीले बताए । जसअनुसार कांग्रेस बाट प्रमुखमा मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन् ।
यस्तै कांग्रेस बाट एक खुल्ला सदस्य, एक दलित अल्पसख्यक सदस्य र तीन महिला सदस्य गरि ५ जना निर्विरोध निर्बाचित भएका छ्न । जसअनुसार झमुरा रावल,पंचकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव बिक सदस्य बनेका छन् । नेकपा माओवादी बाट कर्णप्रसाद माठागाइ संज्याल र नेकपा एकीकृत समाजवादी बाट दान बहादुर रावल सदस्यमा निर्विरोध भएका छन् ।
एउटा उपप्रमुख मात्र जितेको नेकपा एमाले बाट जिससका उम्मेदवारको प्रस्तावक र समर्थक नै भएनन् । त्यसलै उसले उम्मेदवारी दिएन । जिससका पदाधिकारी सम्बन्धित जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखले चयन गर्ने व्यवस्था छ ।


































