नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शहरी विकास मन्त्रालयको योजना मन्त्रीहरुको सेटिङमा बनेको सांसद महतको आरोप

494
shares

काठमाडौं ।जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट माथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरे । ‘हामीलाई असाध्यै हेपेर योजना बनाइएको छ । कहाँ बाट कर्मचारीलाई कमिसन खुवाएर हो वा के भएर हो (कर्णालीमा) ५–६ वटा छिरेको छ’ उनले भने, ‘जो जो पावरफुल मन्त्री छन्, उनीहरुकोमा गन्नै नसकिने योजना छ ।’

उनले शहरी विकास मन्त्रालयको योजना मन्त्रीहरुको सेटिङमा बनेको पनि आरोप लगाए । ‘शहरी विकासका योजना मन्त्रीहरुको सेटिङमा बनेको छ । यसो हेर्दा मन्त्रीको आयु अनुसारको योजना बनेको पनि देख्छु’ उनले भने । नेकपा माओवादी केन्द्र बाट निर्वाचित सांसद महतले दुर्गमका बिरामीलाई अस्पताल सम्म आउँदाको यातायात खर्चमा अनुदान दिनुपर्ने बताए । कर्णाली बाट काठमाडौं सम्म उपचार गर्न आउँदा ४०–५० हजार खर्च हुने गरेको भन्दै मन्त्री महतले यो भाडामा ५० प्रतिशत वा २५ प्रतिशत अनुदान दिनुपर्ने माग गरे ।

उनले काठमाडौंमा बस्ने मन्त्रीहरुले दुर्गमको पीडा नबुझ्ने पनि टिप्पणी गरे । ‘तपाईहरु त जुन हस्पिटल गए पनि भइहाल्यो , मेडिसिटी जानुहुन्छ कि, वीर, टिचिङ, पाटन जानुहुहुन्छ कि ? हामीलाई कहाँ छ ?’ उनले भने, ‘मुगु बाट जुम्ला आउन २५- ३० हजार भाडा बुझाउनुपर्छ, जुम्लाबाट काठमाडौं आउँदा ४०–५० हजार खर्च हुन्छ । त्यो भाडा कसले व्यहोर्ने ?’ सांसद महतले दुर्गमका वासिन्दाले घर खेत बेचेर उपचार गर्छु भन्दा पनि नपाउने भन्दै सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

‘हाम्रो त घरखेत पनि किन्दैनन् । तपाईहरुको काठमाडौंको जग्गा पो आँखा कान चिम्लेर किन्छन्, हाम्रो जग्गा त किन्दा पनि किन्दैनन्’ उनले भने, ‘हुनत नीति तथा कार्यक्रम गइहाल्यो, बजेट बनिहाल्यो, तर अहिले सुनाउँदा भोलि सम्म तपाईहरुको दिमागमा आउँछ कि ? दुर्गम क्षेत्रका मान्छेलाई ५० प्रतिशत वा २५ प्रतिशत बिरामीले भाडा पाउनुपर्‍यो ।’ उनले सरकारले बजेटमा घोषणा गरेको मृगौला प्रत्यारोपण निशुल्क हुने व्यवस्था साउन १ देखि नै कार्यान्वयन गर्नुपर्ने माग गरे । ‘कर्मचारीले खाइहाल्ने तपाईं हामीले खाइहाल्ने बिरामीले नपाउने भन्ने हुँदैन, मन्त्रीज्यू जाँदाजाँदै होस् या रहँदा होस् यो गरेर जानुस्’ सांसद महतले भने । उनले सरकारी अस्पतालमा बिरामीलाई निशुल्क खाना खुवाउन पनि माग गरे ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports