kumari
stcnepal

आज थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको निधन भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट १२ जना निको भएका छन् भने हाल देशभर १०६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०५ जना होम आइसोलेसनमा रहेका छन् । आइतबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६०० पुगेको छ । यो सँगै नेपाल निधन हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २०४ जना संक्रमणमुक्त भएका छन् ।

 

 

footer