सरकारकै कारण चिनीको मूल्य बढ्यो, प्रति किलो २० रूपैया बृद्धि
वि.सं.२०७९ जेठ २९ आइतवार २०:१०
shares

काठमाडौं ।उत्पादक कम्पनीले लुकाएका कारण बजारमा चिनी अभाव हुनुका साथै मूल्यमा प्रतिकिलो २० रुपैयाँ वृद्धि भएको छ । बजारमा प्रतिकिलो खुद्रा मूल्य ९० रुपैयाँमा किनबेच हुँदै आएको चिनी पछिल्लो समय २० रुपैयाँ बढेर ११० रुपैयाँ पुगेको छ । अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्ने सरकारी संयन्त्र कजोर हुँदा उत्पादकले लुकाएर मूल्य बढाएको आरोप लाग्ने गरेको छ ।
नेपाल खुद्रा व्यापार संघले २०७८ असारमा सार्वजनिक गरेको मूल्यअनुसार चिनीको खुद्रा मूल्य प्रति किलो ९० रुपैयाँ थियो । ११ महिनाको अवघिमा यो मूल्यमा २० रुपैयाँ वृद्धि भएर ११० पुगेको हो ।
संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएका थिए । त्यसपछि भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँ मूल्य बढेको हो ।


































