नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान

546
shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् ।

रुस र युक्रे नबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा नै मन्त्री गहतराज रुस जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।रुस प्रस्थान गर्नुभन्दा अघि मन्त्री गहतराजले खेलकुद कूटनीति मार्फत् नेपाल–रुसको ६६ वर्ष पुरानो सम्वन्ध सुधारमा भूमिका खेल्ने बताए ।

मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा नेपालको खेलकुद क्षेत्रको विकासमा पारस्परिक सहयोगका विषयमा समेत छलफल हुने मन्त्री गहतराजले बताए । भ्रमणको क्रममा गहतराजले खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अनुभव आदानप्रदान गर्ने कार्यक्रम समेत तय भएको मन्त्री गहतराजले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports