प्रधानमन्त्री देउवा र लोसपा नेताहरू बीच भेटवार्ता
वि.सं.२०७९ जेठ ३० सोमवार ११:०५
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरू बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतो लगायत नेताहरू बालुवाटार पुगेका हुन् ।
भेटवार्ताका क्रममा लोसपाका नेताहरूले आर्थिक वर्ष २०७९/०८० को बजेट समावेशी नभएको गुनासो गरेका छन् । यही जेठ २४ गते मात्रै लोसपाका नेताहरूले विभिन्न ११ बुँदे मागहरू राखेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्रसमेत बुझाएका थिए । भेटवार्तामा तिनै मागहरूको बारेमा कुराकानी भएको नेताहरूले बताएका छन् ।





































