प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इलाममा जिससको निर्वाचनका लागि एमाले, नेकपा एस र जसपाको गठबन्धन, कांग्रेस बाहिरियो

780
shares

विराटनगर । नेपाली कांग्रेस सँग गठबन्धन गरेर इलामको सूर्योदय नगरपालिकामा जित निकालेको नेकपा एकीकृत समाजवादीले कार्यपालिका निर्वाचन र जिल्ला समन्वय समितिमा भने नेकपा एमाले सँग तालमेल गरेको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृहनगर समेत रहेको सूर्योदय नगरपालिकामा कांग्रेस सँगको गठबन्धन तोड्दै एसले कार्यपालिका निर्वाचनमा एमाले सँग बराबरी सदस्य बाँडेर कांग्रेसलाई क्लिन स्वीप गरेको थियो ।

त्यस लगत्तै जिल्ला समन्वय समिति निर्वाचनमा पनि एमाले सँग नेकपा एस र जनता समाजवादी पार्टीले तालमेल गरेका छन् । असार ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयनमा एमालेले जिसस प्रमुख सहित ५ सदस्य लिएको छ भने नेकपा एसलाई उपप्रमुख सहित दुई सदस्य दिइएको छ । जसपाले पनि दुई सदस्य पाएको छ ।

जिसस प्रमुखमा एमाले बाट पुराना वामपन्थी नेता जयप्रकाश राईले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेकपा एसका चित्र बराइलीले उम्मेदवारी दिएका छन् । बराईली यसअघि पनि तत्कालीन एमाले बाट जिसस उपसभापति भइसकेका व्यक्ति हुन् ।

इलाममा जिसस गठनका लागि ११ मत आवश्यक पर्छ । एमाले सँग एक्लै १० मत छ भने कांग्रेस सँग ७ मत छ । नेकपा एस सँग दुई र जसपा सँग १ मत रहेको छ । जसपाले यसअघि नै एमाले सँग मिलेर एक उपाध्यक्ष जितेको थियो । जसपा र एमाले मात्र मिल्दा पनि जिसस बन्न अवस्था थियो । तर, नेकपा एस सहितको गठबन्धन बनेको हो । झलनाथ खनालले कांग्रेस सँगको गठबन्धन फलदायी नबनेको र नेकपा एसलाई मतदाता मात्र बनाइएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports