प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपा फुटको संघारमा बाबुरामले मागे देउवाको सहयोग

741
shares

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सो पार्टीका शीर्ष नेताहरूले आफनो पक्षमा पार्टी भित्र बहुमत रहेको जनाउँदै मन्त्रिपरिषद पुनर्गठन गर्दा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार बिहान भेटघाट गरेका संघीय परिषद अध्यक्ष भट्टराईले महत्वपुर्ण निर्णयमा तीन जनाको हस्ताक्षर हुने पार्टीको यसअघिको निर्णय स्मरण गराउँदै अध्यक्ष यादवको एकल निर्णय अस्वीकार गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

‘मन्त्रिपरिषद पुनर्गठन गर्दा उपेन्द्रजीको एकल निर्णयलाई स्वीकार नगर्न प्रधानमन्त्रीको ध्यानाकषर्ण गराउने काम भयो,’ जसपाका एक नेताले भने, ‘पार्टीको महत्वपुर्ण निर्णयमा तीन जनाको हस्ताक्षर अनिवार्य भएकाले उपेन्द्रजीले एकल हस्ताक्षर गरेर पठाएको पत्रले आधिकारिकता नदिन पनि बाबुरामजीको तर्क थियो ।’ सो पार्टीको महत्वपुर्ण निर्णयमा भट्टराई सहित यादव र अशोक राईको हस्ताक्षर अनिवार्य गर्ने यसअघि नै केन्द्रीय कार्यकायरिणी समिति बैठकले गरेको निर्णय प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।

‘बाबुरामजीले आज प्रधानमन्त्रीज्यूलाई भेटनु भएको थियो, भेटमा समसमायिक राजनीतिक बिषयमा कुराकानी भएको छ,’ केन्द्रीय कार्यकारिण समिति सदस्य मोहम्मद ईस्तियाक राईले भने । नेता राईले प्रधानमन्त्री सँग भएको भेटमा भट्टराई लगायतका नेताले के–के विषयमा कुराकानी भएको प्रस्टाउने काम नगरे पनि अध्यक्ष यादवको एकल निर्णयलाई अस्वीकार गर्ने विषयमा जोड गरेको बुझिएको छ ।

अध्यक्ष यादव कृषि तथा सहकारी मन्त्री महेन्द्रराय यादवलाई मात्र सरकार बाट फिर्ता बोलाएर अन्यलाई यथावत राख्न चाहन्छन् भने बाबुराम समूह पार्टी भित्रको आन्तरिक सहमति अनुसार ६ महिना पछि मन्त्रिपरिषदकाे पुरै ‘सेट’ परिवर्तन गरेर नयाँ अनुहारलाई राख्नुपर्नेमा जोड गर्दै आएका छन् । जसलाई यादवले अस्वीकार गरेपछि जसपा नेपालमा विग्रह बढ्दै गएको छ ।

स्थानीय तहको निर्वाचनको टिकट वितरणमा पनि यादवले एकलौटी गर्न खोजेको कारण पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको आरोप उनी माथि लाग्दै आएको छ । त्यस माथि, मन्त्रिपरिषद पुनर्गठनमा पुनः यादवले एकल हस्ताक्षर पठाउने सम्भावना देखेपछि भट्टराई समूह बालुवाटार पुगेको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports