विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको प्रमुख बिपक्षी दलका नेता राहुल गान्धीलाई सम्पति शुद्धीकरणका बारेमा बयान लिईयो

572
shares

एजेन्सी – भारतमा नेसनल हेराल्ड अखबार सँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धी सँग सोमबार १० घण्टा भन्दा बढी समय सम्म सोधपुछ गरिएको छ।थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रवर्तन निर्देशनालयले नेशनल हेराल्ड अखबार सँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा सोधपुछको लागि राहुल गान्धी र कांग्रेस प्रमुख सोनिया गान्धीलाई बोलाएको थियो। योंग इन्डियन प्रालि विरुद्धको उजुरीलाई ट्रायल अदालतले नोट गरेपछि एजेन्सीले हालै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको थियो।राहुलको सोधपुछलाई लिएर प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले विरोध जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ। पार्टीले आफ्ना नेता विरुद्धका आरोप ‘नक्कली र आधारहीन’ भएको र भाजपाले ‘बदलाको राजनीति’ गरेको आरोप लगाएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports