विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार संग एसपीपी सम्झौताको मस्यौदा बारे संसदलाई जानकारी गराउनुपर्ने माग

1.35K
shares

काठमाडौं ।प्रतिनिधि सभामा अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा बारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको १० बुँदे बारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ ? भनेर साथीहरु भन्नुहुन्थ्यो। अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ’ सांसद सुवालले भने । नेपालमा अमेरिकी भित्राउन प्रमुख विपक्षी नेकपा एमाले समेत लागेको उनको आरोप छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी भैरहेको छ । त्यसअघि नेपाली सेनाका सेनापति पनि अमेरिका भ्रमणमा जाने तयारी छ । अमेरिकी अधिकारीहरुले पनि नेपाल भ्रमण गरिरहेका छन् । पछिल्लो समयको भ्रमणको मुख्य उदेश्य एसपीपीमा हस्ताक्षर गर्नु रहेको बताइएको छ । एसपीपीको मस्यौदा नै सार्वजनिक भएपछि प्रतिनिधिसभामा यसको आधारिक नकारी माग भएको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports