प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न परराष्ट्रमन्त्रीको आग्रह

637
shares

काठमाडौं ।परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले द्विपक्षीय भ्रमण तथा भेटघाट नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र, सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राख्दै तय गरिने भन्दै त्यसमा शंका नगर्न आग्रह गरे ।

‘उच्च राजनीतिक तथा कुटनीति तहमा हुने भ्रमण आदान प्रदानको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका रहने माननीय सदस्यहरुलाई जानकारी भएकै विषय हो’ उनले भने, ‘यस्ता भ्रमण तथा भेटघाटका विषयलाई संशयका दृष्टिले नहेरिदिन म आग्रह गर्न गर्न चाहन्छु ।’ उच्च राजनीतिक तथा कुटनीतिक भेटघाटले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने पनि परराष्ट्रमन्त्री खड्काले बताए ।

‘द्विपक्षीय भ्रमणको आदानप्रदान, भेटघाट छलफल जुनसुकै मुलुकले अवलम्बन गर्ने वैदेशिक सम्बन्ध तथा कुटनीतिका प्रचलित कुटनीतिक अभ्यास हो’ उनले भने, ‘द्विपक्षीय छलफल थप मजबुत बनाउन आपसी सहकार्यलाई गति प्रदान गर्न र सम्बन्धका नयाँ आयाम पहिल्याउन यस्ता भ्रमण तथा छलफल अपरिहार्य हुन्छन् ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports