प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंग बाट गरिने निर्णयहरु नेपाललाई मान्य छैन : परराष्ट्रमन्त्री खड्का

559
shares

काठमाडौं ।परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंग बाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका छन् । कालापानी क्षेत्रमा रहेको भारीय क्याम्प हट्नुपर्ने, नेपालको दार्चुला हुँदै मानसरोवर जाने गरी भारतले बनाएको बाटोको विषयलाई लिएर नेपालमा प्रश्न उठिरहेको छ ।

त्यसलाई रोक्न नेपाल सरकारले कुटनीतिक पहल गर्न नसकेको भनी आलोचना भैरहेका बेला परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंग बाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका हुन् ।

‘लिपुलेक, लिम्पयाधरा, कालापानी लगायतका सबै भू-भागहरु नेपालको भएको र त्यस क्षेत्रमा र सीमा सम्बन्धी विषयहरुमा आपसी समझादारी बिना एक पक्षीय ढंग बाट गरिने निर्णयहरु नेपाल सरकालाई मान्य छैन्’ मन्त्री खड्काले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports