प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन भित्र ७ प्रकारको समस्या देखियो : माधव नेपाल

520
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन भित्र ७ प्रकारको समस्या देखिएको औंल्याएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रस्तुत गर्दै उनले ७ प्रकारको समस्या देखिएको औंल्याएका हुन् ।

उनका अनुसार गठबन्धन गर्नै नचाहने, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धन भित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमान्दारिपूर्वक भोट नहाल्ने, गठबन्धन बाहिरका दल सँग चुनावी तालमेल गर्ने र गठबन्धनमा रहेका दलहरुमा सहकार्यको भावना कमजोर हुने समस्या देखिएको थियो । उनले गठबन्धनलाई आफ्नो हितमा प्रयोग गर्न चाहने प्रवृत्ति देखिएको र यो प्रवृत्ति कांग्रेस र माओवादी केन्द्रम बढी देखिएको पनि उल्लेख गरेका छन् ।

नेता नेपालले यो निर्वाचन बाट बलियो र व्यवस्थित संगठन नै निर्माण गर्नुपर्छ भन्ने ठूलो शिक्षा प्राप्त भएको बताए । त्यस बाहेक आर्थिक कोषको निर्माण, स्रोत साधनको वयवस्थापन, जनताको मन छुने खालको प्रचार सामग्री आवश्यक पर्ने र उम्मेदवार चयन जतिसक्दो छिटो गर्नुपर्ने शिक्षा पनि यो निर्वाचनले दिएको उनको भनाइ छ ।

उनले चुनावका क्रममा पार्टिभित्र पनि ७ प्रकारको समस्या देखिएको उल्लेख गरेका छन् । नेता नेपालका अनुसार गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने, आफूलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाडमछाड गर्ने, तर गठबन्धन नहुने भएपछि उम्मेदवारी दिनै तयार नहुने प्रवृत्ति पार्टी भित्र देखिएको थियो ।

त्यस्तै चुनावलाई जनता माझ राजनीति पुर्‍याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने, पार्टीको टिकट बाट दिइएको उम्मेदवारी आफूखुशी फिर्ता लिने, आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी छाडेर हिँड्ने समस्या पनि देखिएको अध्यक्ष नेपालले उल्लेख गरेका छन् । वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने समस्या पनि देखिएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports